विश्वकप लिग २ मा अमेरिकासँग खेल्दै नेपाल

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार ०७:३३

विराटनगर । आइसिसी विश्वकप लिग २ काे सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

अमेरिकामा घरेलु टोलीविरुद्धको खेल राति ९: १५ मा सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

स्कटल्यान्डले दुई खेलमा अमेरिकालाई पराजित गरेको छ ।

लिग २ को ११ खेलमा ७ जित निकालेको अमेरिका १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

१० खेलमा २ जित र १ बराबरी गरेको नेपाल ५ अंकसहित सातौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.