हङकङ सिक्सेसमा श्रीलंकासँग नेपाल पराजित

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार १५:२५

विराटनगर । हङकङमा जारी हङकङ सिक्सेसको क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

शनिबार दिउँसो हङकङको मङ कुकस्थित मिसन ग्राउन्ड स्टेडियममा भएको तेस्रो क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।

श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५ ओभरमा अल आउट हुँदै ८३ रन बनायो ।

ओपनर लोकेश बम तेस्रो बलमा र कप्तान सन्दीप जोरा आफ्नो पहिलो बलमै आउट भए ।

नेपालका लागि रसिद खानले १८ बलमा १ चौका र ८ छक्का प्रहार गर्दै ५५ रन जोडे । विवेक यादव ५ रन बनाएर आउट हुँदा नारायण जोशीले १३ रन जोडे ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनाएको थियो।

ओपनर सन्दुन विराकोडीले ५० रन बनाए। कप्तान लिहुरू मधुशंकाले ३१, लिहुरू समराकुनले २२ तथा थानुका दबारेले १८ रन जोडेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.