नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार ०६:४१

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग २ को अमेरिकामा जारी सिरिजमा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । खेल रद्द हुँदा दुई टोलीले अङ्क बाँडेका छन् ।

सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । वर्षा नरोकिएपछि खेल रद्द भएको थियो ।

नेपालले त्रिदेशीय शृङ्खलामा १ जित र १ खेल रद्द हुँदा नेपालले ३ अङ्क जोडेको छ ।

पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो । तेस्रो खेलमा भने अमेरिकासँग पराजित भएको थियो ।

लिग २ काे अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ ।

तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् ।

स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.