
काठमाडौं । चिनियाँ र म्यान्मारका नागरिक ५ किलो ७ सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १ जना चिनियाँ र २ जना म्यान्मारका नागरिक छन् । एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाट काठमाडौं आएका चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू सुनसहित पक्राउ परेका हुन् ।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा चेकजाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पीकरमा सो सुन फेला परेको थियो । त्यसलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएकालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको सशस्त्रले जनाएको छ ।

























