विराटनगरमा यस्तो देखियो छठको समापन (फोटो फिचर)

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २३, शुक्रबार १०:३५

विराटनगर । यसवर्षको छठ पर्व बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत रुपमा समापन भएको छ । भक्तजनले बाँसको केनिया र ढाकीमा छठीमातालाई चढाउने उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिङ्घाडा, ठकुवा, भुसुवालगायतका परिकारसहित अर्घ्य दिएका हुन् ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको शास्त्रीय मान्यता रहेको र त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको थियो ।

छठमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाउनुका साथै सन्तानसमेत प्राप्ति हुने जनविश्वास छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबारदेखि सुरु भएको थियो ।

व्रतालुले नदी तथा खोला किनारबाट हिजो (बिहीबार साँझ) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.