
रुपन्देही । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज (बुधबार) दोस्रो पनि जारी छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देहीमा बयान भइरहेको हो । पोखराबाट हिजो लामिछानेलाई रूपन्देही पुर्याइएको थियो । हिजोबाटै बयान लिन सुरु गरिएको हो ।
पहिलो दिनको बयान नसकिएपछि दोस्रो दिन बयान लिने काम भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ । बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि लामिछाने मुछिएका छन् ।
बयान सकिएपछि लामिछानेलाई पुनः पोखरा फिर्ता लगिने छ । पोखरामा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

























