विश्वकै छैटौं प्रदूषित सहर काठमाडौं

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार ११:२१

काठमाडौं । विश्वकै छैटौं प्रदूषित सहर नेपालको राजधानी काठमाडौं बनेको छ । स्वीटजरल्याण्डस्थित आईक्यूएअरका अनुसार काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई बिहीबार बिहान मापन गरिएको हो ।

मानव स्वास्थ्यका लागि सूचकांक १ सयदेखि माथि पुग्नु हानिकारक रहेको विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।

वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । खुमलटारको प्रदूषण १ सय ६९ एक्यूआई मापन गरिएको छ ।

त्यस्तै, भरतपुरको १ सय ६५, रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६४, भक्तपुर १ सय ६३ र शंकरपार्कको प्रदूषण १ सय ६० एक्यूआई मापन गरिएको वातावरण विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.