
विराटनगर । भारतको विहारमा विराटनगरका सञ्चारकर्मी नवीन कर्ण सम्मानित भएका छन् ।
बिहार मधुवनीको मिथिलाञ्चल सर्वांगिण विकास संस्थानले कर्णलाई ‘मिथिला गौरव’ सम्मानबाट सम्मानित गरेको छ । मधुवनीको बेनीपट्टीमा आयोजित ४० औं ‘मिथिला विभूति स्मृति पर्व समारोहमा कर्ण सम्मानित भएका हुन् ।
आयोजक संस्थाका अध्यक्ष अमरनाथ झासहित विहार सरकारका उच्चपदस्थ अधिकारीलगायतले सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरे ।
कर्णसहित ७ जना सम्मानित भएका थिए । अन्य सम्मानित हुनेहरुमा साहित्यकार शंकर मधुपांश, साहित्यकार दीपा मिश्र, सुप्रसिद्ध नृत्यांगना रागसुधा बिंजामुरी, साहित्यकार तथा मैथिली भाषाका प्राध्यापक डा. सुरेश पासवान, साहित्यकार तथा शिक्षासेवी मनोज कामत र भारतीय पत्रकार रंजितकुमार झा रहेका छन् ।























