अधिकारी महिनाको सर्वाेत्कृष्ट प्रहरी

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार १८:१३

विराटनगर । संखुवासभाको चिचिला प्रहरी चौकीका सूर्यप्रसाद अधिकारी कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभर महिनाभरि उत्कृष्ट कार्य गर्ने एक जना प्रहरीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।

त्यस अनुरुपमा चिचिला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) अधिकारी कात्तिक महिनाको सर्वाेत्कृष्ट प्रहरी भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अधिकारीले कात्तिक १० गते चिचिला गाउँपालिका–४ का ४५ वर्षीय एक जना पुरुषको खुकुरी प्रहारबाट हत्या भएको थियो ।

सोही घटनाको सूक्ष्म तवरबाट अनुसन्धान गरी घटनामा संलग्न ४ जनालाई प्रमाणसहित पक्राउ गर्न सफल अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.