
विराटनगर । व्यवसायी मनोज चौहानले ५१ औं जन्मदिनको अवसर पारेर विद्यार्थीलाई बुधबार सहयोग गरेका छन् ।
आकृति एड्भर्टाइजिङका सञ्चालक उनले विराटनगर महानगरपालिका–५ दामाबन्दीको सिद्धकाली आधारभूत विद्यालयका एक सय विद्यार्थीलाई न्यायो कपडा दिएका हुन् । साना विद्यार्थीकै बीचमा केक काटेर चौहानले परिवारसहित जन्मदिन मनाएका हुन् ।
जाडोमा न्यानो कपडा दिएर बालबालिकाको हौसला बढाएको उनको भनाइ छ । अरु विषयमा पनि विद्यालयलाई सहयोग गर्न तयार रहेको चौहानले बताए ।























