
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को पूर्व तयारी राम्रोसँग गर्नसके जिउधनको सुरक्षा गर्न सक्ने बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज (बुधबार)विराटनगर सशस्त्र प्रहरीलाई विपद् नियन्त्रणका लागि विभिन्न सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले विपद्को पूर्व तयारी राम्रोसँग गर्न निर्देशन दिए ।
मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालयका प्रमुख डीआईजी शम्भु सुवेदीलाई सामग्री हस्तान्तरण गरे ।
प्रदेश सरकारले १७ लाख १७ हजार ८ सय २० मूल्य बरावरको ७ प्रकारका आगो नियन्त्रण गर्ने उपकरण दिएको हो ।
मुख्यमन्त्री कार्की विपद् नियन्त्रणमा जनताको आम सहभागिता गराउन सरकार क्रियाशिल रहेको बताए । उनले पहिरो र वाढी आउने स्थानमा स्थानीय पालिकाको सहयोगमा आगामी जेष्ठ महिना अगाडि बस्ती सार्ने बताएका हुन् ।
त्यस अवसमार मन्त्रालयका निमित्त सचिव कमल थापाले यही वर्ष नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई १ करोड ५० लाख / १ करोड ५० लाखका विपद् व्यवस्थानका सामग्री उपलव्ध गराउने जानकारी दिए ।























