एडीबीका योजना छिटो अघि बढाइदिन महानगरको आग्रह

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १२, बुधबार १६:१४

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहितको टोलीले आज (बुधबार) उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई उनकै कार्यकक्षमा भेटेर एडीबीका योजना चाँडोअघि बढाइदिन आग्रह गरेका छन् ।

महानगरको टोलीमा उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार समितिका संयोजक कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापालगायतले मन्त्री सिंहलाई भेटेका थिए ।

मेयर कोइरालाले मन्त्री सिंहलाई एडीबीको योजनालगायत ड्रेन, सडक, प्रादेशिक बसपार्क, फोहोरमैला व्यवस्थापनलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेका छन् ।

सो अवसरमा मन्त्री सिंहले विराटनगरको विकासका लागि आफू गम्भीर रहेको बताए । उनले राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदानलाई बिर्सनै नसकिने हुँदा मन्त्रालयका तर्फबाट सहयोग गर्न तयार रहेको प्रष्ट पारे ।

उनले दातृ निकासहरुसित पनि मन्त्रालयका तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा सहरी विकास विभागका योजना निर्देशक रोशन श्रेष्ठ, परामर्शदाता एसईएमईसीका प्रतिनिधिलगायतको समेत सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.