विदेशी पर्यटकको आगमन पाथीभरामा बढ्दै

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १२, बुधबार १८:०८
मुक्कुम्लुङ पाथीभरा केबलकार विवाद सुल्झाउन सरकारद्वारा कार्यदल गठन 

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा विदेशी पर्यटकहरु मन्दिर दर्शन गर्न र दृश्य अवलोकन गर्नेको संख्या बढ्दै गएको छ ।

पाथीभरा मन्दिर दर्शन गर्नुका साथै त्यस क्षेत्रको प्राकृतिक मनोरम दृश्य हेर्नका लागि स्वदेशी र विदेशी पर्यटक आउनेको संख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

उनका अनुसार पाथीभरामा पूजाआजाका साथै यहाँबाट देखिने हिमालको दृश्यावलोकन गर्नका लागि नेपाल, भारत बाहेक तेस्रो मुलुक अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायतबाट आउने गरेको छन् ।

पछिल्लो समय स्वदेशी पर्यटकसँगै विदेशी पर्यटकको संख्या बढ्दो रहेको छ । मंगलबार मात्रै पाथीभरा एक दर्जनभन्दा बढी विदेशी पर्यटक आएको विकास समितिले जनाएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म ४ सय ७८ जना विदेशी पाथीभरामा आएका छन् । सबैभन्दा बढी भारतीय आएका हुन् । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाथीभराको प्रचारप्रसार प्रवद्र्धनसँगै विदेशी पर्यटकको चहलपहल बढेको बताइएको छ ।

स्वेदेशी र विदेशी पर्यटकको सुरक्षा र सहजताका लागि पाथीभरा पदमार्गमा काफ्लेपाटीमा पर्यटक सहायता प्रहरी कक्ष स्थापना भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.