विश्वकै ७ औं प्रदूषित सहर काठमाडौं

Share this
610shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १३, बिहीबार १३:४९

काठमाडौं । विश्वकै ७ औं प्रदूषित सरह काठमाडौं बनेको छ । युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले बिहीबार अपरान्ह सार्वजनिक गरेको विश्वको प्रदूषित सहर सूचकांकमा काठमाडौं ७ औं स्थानमा देखिएको हो ।
आईक्यूएयरका अनुसार बिहीबार अपराह्न १२ः१० बजे काठमाडौंको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई छ ।

प्रदूषित सहरको पहिलो स्थानमा पाकिस्तानको लाहोर (४७७ आईक्यूआई) र दोस्रोमा भारतको दिल्ली (४३७ आईक्यूआई) रहेका छन् ।

इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची पनि बढी वायु प्रदूषण हुने सहरको सूचिमा परेका हुन् ।

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो, ५१–१ सय हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने वातावरण विभागले जनाएको छ ।

यस्तै, सो सूचकांक १५१–२०० पुगेमा अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.