राष्ट्रिय जनस्वास्थ्य दिवस देशभर मनाइने

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १४, शुक्रबार ०८:२४

विराटनगर । जनस्वास्थकर्मीको छाता सङ्गठन नेपाल जनस्वास्थ्य संघले स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय जनस्वास्थ्य दिवस मनाउने भएको छ । संघकाे स्थापना दिवस मंसिर २३ गते पर्छ ।

स्थापना दिवसमा संघीय राजधानी र सात वटै प्रदेशमा विभिन्न कार्यक्रम गरिनेछ ।

 मंसिर १४ देखि २० सम्म ७ वटै प्रदेशको राजधानीमा कार्यक्रम आयोजना गर्ने तयारी छ ।

कार्यक्रममार्फत प्रदेशको स्वास्थ अवस्था र आगामी रणनीतिका बारेमा प्रदेशका मुख्यमन्त्रीसहित सरोकारवालाको उपस्थीतिमा समूहगत छलफल गरि निकालेकाे निष्कर्ष सरकारलाई हस्तान्त्रण गर्ने केन्द्रीय महासचिव कैलाश खाकी श्रेष्ठले जानकारी दिए ।

कोशी प्रदेशमा आज बृहत् भेला आयोजना गरिएको नेपाल जनस्वास्थ्य संघ कोशी प्रदेशका अध्यक्ष ब्रजेशकुमार मेहेताले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.