
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा भक्तजनहरुले चढाएका पुराना घण्टीहरु लिलाम हुने भएका छन् ।
पाथीभरा मन्दिरमा रहेका भक्तजनहरूले चढाएका १६ हजार ३ सय ६८ किलो १ सय ग्राम वजन बराबरका पुराना घण्टी लिलाम बिक्री गर्ने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए ।
लिलाम बिक्रीमा राखिएका घण्टीको न्यूनतम मूल्य प्रतिकिलोग्राम ३ सय ८० रुपैयाँ कायम गरिएको छ ।
इच्छुक व्यक्ति वा फर्महरूले लिलाम सकार्न चाहनेले पुस १३ गतेभित्रमा पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा शिलबन्दी बोलपत्र दर्ता गरिसक्नुपर्ने विकास समितिले जनाएको छ ।























