मन्त्रीले छाडे सरकारी निवास

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार १७:११

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले सरकारी निवास (क्वार्टर)छाडेर बाहिर बस्न थालेका छन् ।

सरकारी निवासमा २ महिनादेखि बस्न छाडेका मन्त्री चौधरीले उपलब्ध निवास पुरानो र जीर्णो अवस्थाको भएको हुँदा छाड्न परेको बताए । उनले निवास पुरानो भएको हुँदा त्यहाँ कमिलालगायत अन्य कीराकिरीको डरले बस्न छाडे हुन् ।

निवास जीर्ण, अस्तव्यस्त तथा सरसफाइमा अभावमा रहेकाले त्यहाँ राता कमिलाले हैरानी दिएपछि त्यहाँ बस्न छाडेर आफ्नै घरमा बस्न थालेको छन् ।

दसैंपछि सरकारी निवास छाडेर आफ्नै निवासबाट आउजाउ गर्ने गरेको बताइएको छ । टीकापुर घरबाट दैनिक १ सय किलोमिटरको दूरी तय गर्दै धनगढी आउजाउ गर्ने गरेको मन्त्री चौधरीले बताए ।

सरकारी निवास व्यवस्थित नहुँदा कमिलाका कारण बस्न गाह्रो बनायो । उनका प्रमुख स्वकीय सचिव नवीन थापा मन्त्रीको स्वास्थ्यलाई ध्यानमा राख्दै घरबाटै मन्त्रालय आउजाउ गरिरहेको बताए ।

सरकारी निवासमा अत्याधिक राता कमिलाले रहेको र मन्त्रीको स्वास्थ्यलाई मध्यनजर गर्दै घरबाटै आउजाउ गर्ने गरेको थापाले बताए ।

मन्त्री चौधरीको मिर्गाैलामा समस्या भएकाले नियमित डायलाइसिस गर्नुपर्छ । मन्त्रीको घर कर्णाली नदी नजिकै भएकाले त्यहाँको माछा खान पाइने र माछा खाँदा स्वास्थ्य राम्रो हुने भएकाले पनि मन्त्री चौधरी टीकापुरबाटै आउजाउ गरिरहेको थापाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.