झापा कपः झापा ११ र राजा क्लब इटहरी आज खेल्दै

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३०, आइतबार १०:३५

झापा । प्रथम झापा कप २०८१ को दोस्रो खेल आज आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति (राजा)क्लब इटहरीबीच हुँदैछ ।

यो सिजन बेलबारी गोल्डकपको विजेता बनेको झापा ११ घरेलु मैदानमा पहिलोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

इटहरी गोल्डकपको होम टिम राष्ट्रिय जागृति क्लब मोफसलको लयमा रहेको टिम भएकाले पहिलो जितको खोजीमा हुनेछ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउने छन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता १ जना तथा उत्कृष्ट गोलरक्ष्क १ जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट १ जना खेलाडीलाई ‘मस्ट भ्यालुएवल’ खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रत्येक दिन एक जना भाग्यशाली दर्शकले महेन्द्ररत्न स्टोर्सको तर्फबाट एक थान टिभी उपहार पाउने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.