
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजालाई ११७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियूको खेल मैदान काठमाडौंले टस जितेर बलिङ गर्ने निर्णय गर्दै विराटनगरको पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो ।
पहिले ब्याटिङ थालेको विराटनगरले १९ ओभर ५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो । विराटनगरका राजेश पुलामी मगरले २५ रन, दीपक बोहोराले २० रन, स्कट एडवार्डसले १५ रन, बसिर अहमदले १३ रन, निकोलस किर्तनले १२ रन बनाए ।
बलिङमा काठमाडौंका जेहार्ड एरास्मसले ३, दीपेश कंडेलले २ तथा डान डाउथवेट, करण केसी र शाहब आलमले समान १ विकेट लिए ।
विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ ।
पराजित भएमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ । आजै हुने दोस्रो खेल सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सबीच हुँदैछ ।
काठमाडौं गुर्खाजबाट करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, शंकर राना, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, डान डाउथवेट खेल्दै छन् ।
विराटनगर किंग्सबाट सन्दीप लामिछाने, लोकेश बम, इस्मात आलम, क्रिस सोल, निकोलस कीर्तन, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर, सुवास भन्डारी र स्कट एडवार्डस खेल्दै छन् ।



















