एनपीएलमा आज कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १, सोमबार ०७:३४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार कर्णाली याक्स र लुम्बिनी लायन्सका बिच प्रतिस्पर्धा हुदैँछ ।

त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । यो खेल बिहान ९ः०० बजे सुरू हुनेछ ।

आजको एक मात्र हुने खेलमा लुम्बिनी लायन्सवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन भने कर्णालीवाट सोमपाल कामीले नेतृत्व गर्नेछन ।

एनपीएल दुईसाता अघि अर्थात गत मंसिर १५ बाट सुरू भएको थियो ।

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छ । उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.