
झापा । प्रथम झापा कप २)८१ को पहिलो क्वार्टर फाइनल खेल आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र सिरहाको सलहेश युवा क्लबबीच हुँदैछ ।
मधेशको चर्चित टोली सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन गर्दै आएको छ । वैशाखमा भएको भोजपुर गोल्डकपमा सेमिफाइनल पुगेको क्लबले चर्च ब्वाइजसँग हार व्यहोर्नु परेको थियो ।
त्यस्तै, वैशाखमै भएको भीमनारायण गोल्डकपमा पहिलो चरणमै रोकिएको सहलेश भदौमा भएको ताप्लेजुङ गोल्डकपको उपविजेता बनेको थियो ।
आर्मीले यो सिजन खराब प्रदर्शन गर्दै आएको छ । वैशाखमा भएको भीमनारायण गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको आर्मी भोजपुर गोल्डकपमा उपविजेतामा सीमित रहेको थियो ।
त्यस्तै, ताप्लेजुङ गोल्डकपमा क्वार्टर फाइनलमै रोकिएको विभागीय क्लब मंसिर २४ गते भएको इलाम गोल्डकपको पहिलो खेलमै चर्च ब्वाइजसँग स्तब्ध भएको थियो ।



















