झापा कपः आज राजा क्लब र जिटिए दार्जिलिङ खेल्दै

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २, मंगलबार १४:०७

झापा । प्रथम झापा कपको दोस्रो क्वाटरफाइनल खेल आज (मंगलबार) राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्याण्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जीटीए) दार्जिलिङ बीच हुँदैछ ।

पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वाटरफाइनल प्रवेश गरेको राजा क्लब आज दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

गत वर्ष चैतको इटहरी गोल्डकपमा भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबलाई टाइब्रेकरमा हराएको राजा क्लब वैशाखमा भएको भीमनारायण गोल्डकपको अन्तिम चारमा पुगेको थियो ।

बाइमा रहेको जीटीए दार्जिलिङ पहिलोपटक झापाली मैदानमा खेल्दैछ । यसअघि मंसिर अन्तिम साता इलाम गोल्डकपमा सहभागी भएको जीटीए एनआरटी काठमाडौंसँग पहिलो खेलमै पराजित भएको थियो ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.