मिल्स फुटबलः रेडस्टार, अर्किड र सगरमाथा विजयी

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २, मंगलबार १९:१६

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘मिल्स फार्क फुटबल’प्रतियोगितामा रेडस्टार, अर्किड र सगरमाथा स्कुल विजयी भएका छन् ।

विराटनगरस्थित जुट मिलको मैदानमा भएको प्रतियोगिताअन्तर्गत आज (मंगलबार)को पहिला खेलमा पथरीको रेडस्टार स्कुलले विराटनगरको कान्तिपुर कलेजलाई १–० गोलमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

रेडस्टाका लागि चोसाङ गुरुङले एक मात्र गोल गरेका थिए । प्लेयर अफ द म्याच रेडस्टारका जोशन कार्की भए ।

त्यस्तै, दोस्रो खेलमा विराटनगरको अर्किड कलेजले सुन्दरहरैँचको ब्राइचफ्युचर स्कुललाई ३–१ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

अर्किडका लागि प्लेयर अफ द म्याच दर्शन मगरले २ र रोमन सोनामले १ गोल गर्दै टोलीलाई विजयी बनाए ।

त्यसैगरी, आजै भएको तेस्रो खेलमा विराटनगरको सगरमाथा स्कुलले विराटनगरकै आदर्श माविलाई टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.