सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ३, बुधबार १६:५२

काठमाडौं । जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ । सुदूरको फाइनल यात्राका लागि विनोद भण्डारीले अविजित ५८ रन बनाए ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्याे । कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए ।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए ।

शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् । बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए ।

क्वालिफायरको पहिलो खेलमा पराजित भएपनि जनकपुरलाई फाइनल प्रवेश गर्ने अवसर छ । जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर २ खेल्नेछ । यो खेलको बिजेता टोलीले उपाधिका लागि सुदूरसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.