मिल्स फुटबलः मेरिल्याण्ड र रेडस्टार सेमिफाइनलमा

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ३, बुधबार १८:३२

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘मिल्स फार्क फुटबल’प्रतियोगिताको सेमिफाइनलमा रेडस्टार र मेरिल्याण्ड कलेज पुगेका छन् ।

विराटनगरस्थित जुट मिलको मैदानमा भएको प्रतियोगिताअन्तर्गत आज (बुधबार)को पहिला खेलमा विराटनगरको मेरिल्याण्ड कलेजले विराटनगरकै सगरमाथा स्कुललाई ४–१ को गोल फरकमा पराजित गर्दै सेमिफाइनल पुगेको छ ।

मेरिल्याण्डका लागि निश्चल चौधरीले २, आयुष सुब्बा र निशान्त राईले १–१ गोल गरेका थिए भने सगरमाथाका लागि एक मात्र गोल मिलन थापाले गरे । प्लेयर अफ द म्याच मेरिल्याण्डका निश्चल चौधरी भए ।

त्यस्तै, आजै भएको दोस्रो खेलमा पथरीको रेडस्टार स्कुलले उर्लाबारीको सुनगाभा स्कुललाई ४–१ को गोल फरकमा हराउँदै अन्तिम चारका स्थान पक्का गरेको छ ।

रेडस्टाका लागि सोनाम गु?ङले २, सौगात राई र अमन लिम्बूले १–१ गोल गरे । सुनगाभाका लागि सुगम मगरले गोल गरेका थिए । प्लेयर अफ द म्याच रेडस्टारका सोनाम गु?ङ भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.