फाइल तस्बिरकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । क्वालिफायर टु को खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ ।
लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वान मा सुदूरपश्चिम रोएल्ससँग पराजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो ।
सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेको छ ।
आजको खेलबाट फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । उपाधि भिडन्त शनिबार हुनेछ ।



















