
झापा । प्रथम झापा कप २०८१ को अन्तिम क्वाटरफाइनल खेल आज (बिहीबार)काठमाडौंको न्यू रोड टिम (एनआरटी) र काठमाडौंकै चित्लाङ फुटबल क्लबबीच हुँदैछ ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा इलाम गोल्डकपको च्याम्पियन एनआरटी र काठमाडौं जिल्ला लिग विजेता चित्लाङ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउने छन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिपर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न विर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।



















