कर्णालीलाई पराजित गर्दै एनपीएलको फाइनलमा जनकपुर, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ४, बिहीबार १७:१२

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) काे क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ ।

बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

क्वालिफायर २ मा कर्णालीमाथि जित निकाल्दै जनकपुर फाइनलमा प्रवेश गरेको हो ।

सुदूरले लिग चरणमा खेलेको ७ मध्ये ६ खेल जितेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेको थियो ।

आज कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गरेको थियो । जनकपुरका लागि जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रन बनाए । कर्णाली याक्सका युवा स्पीनर विपिन प्रसाद शर्माले ३ विकेट लिएका थिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.