
विराटनगर । कानुन व्यवसायीहरुकाे साझा संगठन नेपाल बार एशोसिएसनको स्थापना दिवसमा आइतबार विराटनगरमा प्रभातफेरी गरिदैछ ।
उच्च अदालत विराटनगर बार एकाईले प्रभातफेरी आयोजना गर्न लागेको हो ।
स्थापना दिवसमा आयोजना गरिने प्रभातफेरी विराटनगरको ट्राफिक चोकबाट सुरु हुनेछ । होटल ईस्टन स्टारमा कार्यक्रम आयोजना गर्ने उच्च बार विराटनगरले जनाएको छ ।
बारको स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिदैछ ।























