
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपविजेता टोली सुदूरपश्चीम राेयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन् । योसँगै उनले ओमोडा इभी कार पुरस्कार पाएका छन् ।
एनपीएल विजेता टाेली जनकपुर बाेल्ट्सका खेलाडी ललित राजवंशी तियोगिताको सर्वोत्कृष्ट बलर घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
सिदार्थ बैंक प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब भए । उनले ५ लाख रूपैयाँ पुरस्कार प्राप्त गरे ।
उदीयमान खेलाडीको अवार्ड कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद प्राप्त गरे ।
इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरे ।
फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।



















