भरुवा बन्दुकसहित २ जना पक्राउ

Share this
837shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १०, बुधबार ०८:५७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

भोजपुर । आमचोक गाउँपालिका-१० स्थित बाघतांग जंगलबाट भरुवा बन्दुक एक नाल र सोही बन्दुकको सात राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्धचन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक र गोलीसहित हिजो मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.