भुटानी राजपरिवारको टोली निजी भ्रमणका लागि काठमाडौंमा

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १२, शुक्रबार १५:५४

काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरू निजी भ्रमणका लागि काठमाडौँमा आएका छन् । उनीहरूले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ ।

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौँ आएर फर्किएको तीन सातापछि उनका सासू-ससुराको टोली आएको हो ।

निजी भ्रमणको सिलसिलामा भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौँ आएका थिए । स्वयम्भू र बौद्धनाथमा पूजा गरेर उनी सोही दिन स्वदेश फर्किएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.