रवि लामिछानेको बयान सकियो

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १२, शुक्रबार १७:३४

पोखरा । जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबार सकिएको हो ।

अदालतका स्रेस्तेदार राजन खनालका अनुसार जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । उनका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ ।

नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ । पक्राउ परेका प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहसपछि आदेश आउनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.