
विराटनगर। जीवन विकास लघुवित्त वित्तीय संस्थाले ६ विपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार लघुवित्तकाे सिजुवा शाखाले रतुवामाई नगरपालिकाका ५ र सुनवर्षी नगरपालिकाका १ गरी ६ परिवारलाई व्यवसाय सञ्चालनका लागि विभिन्न सामग्री र बाख्राकाे पाठा हस्तान्तरण गरेको हो ।
रतुवामाई नगरपालिका– ४ का वडा अध्यक्ष महावीरप्रसाद गनगाईले र जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थागत तथा सामाजिक विकास विभाग(आइसडी) प्रमुख विजयकुमार मण्डलले एक परिवारलाई होटल पुन सञ्चालनका लागि सामग्री, दुई परिवारलाई बाख्राको पाठा र तीन परिवारलाई भक्का, पापड, आलु व्यवसायका लागि सामग्री हस्तान्तरण गरे ।
विपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि सामग्री हस्तान्तरण गरिएको मण्डलले बताए । ग्रामीण तहमा घरदैलोमा पुगेर वित्तिय सेवा प्रवाह गरिरहेकाे जीवन विकासले स्वरोजगार बनाउनका लागि विभिन्न अभियान सञ्चालन गरिरहेकाे छ ।























