काठमाडौंका पहिलो मेयर पीएल सिंहको शालिक बनाउने बालेनको घोषणा

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १४, आइतबार १७:१७

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ । महानगरपालिकाको १६ औँ अधिवेशनमा प्रमुख बालेन साहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

काठमाडौँलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो । स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व. सिंहको महत्त्वपूर्ण भूमिका रहेको महानगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.