
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका– १० इनारटोलका इँटा व्यवसायी ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव उखुबारीमा गाडिएको अवस्थामा फेला परेको छ ।
पुस १५ गतेदेखि बेपत्ता उनको शव शनिबार घर छेउको उखुबारीमा गाडिएको अवस्थामा शव फेला परेको हो ।
बरहथवा नगरपालिका– ९ मुर्तियाबाट पैसा लिएर आउँछु भनेर उनी घरबाट निस्केका थिए । घर नआएपछि खोजी गर्ने क्रममा उखुबारीमा गाडिएको अवस्थामा प्रसाईको शव बरामद भएको हो । शवको पोस्टमार्टम गरी परिवारजनले दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले बताए ।
प्रहरी उपरीक्षक सिंहका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए ।

























