
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
थुनछेक बहसपछि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।
लामिछानेलाई छाड्ने आदेश भएपनि अन्य जिल्लामा पनि प्रतिवादी बनाएर मुद्दा दायर भएका कारण उनी तत्काल छुट्ने सम्भावना नभएकाे उनका कानुन व्यवसायीले बताएका छन् ।

























