६५ लाख बैंक ग्यारेन्टी बुझाएर छुटे रवि लामिछाने, काठमाडाैं जिल्ला अदालतमा आफैँ उपस्थित हुने

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २५, बिहीबार २१:२८

पोखरा । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला न्यायाधीश नितिज राईको इजलासले सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धिकरण मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

अदालतको आदेशपछि बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएर लामिछाने छुटेका हुन् ।लामिछानेविरूद्ध काठमाडौंमा सहकारी ठगी सम्बन्धी अर्को मुद्दा छ । उनी काठमाडौं अदालतमा भने आफैँ उपस्थित हुनेछन् । 

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश राईको इजलासले लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.