
काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक स्वीकृत गरेको छ ।
दुवै विधेयकलाई संघीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको हो । गृहमन्त्री रमेश लेखकले पद बहाली गरेसँगै यी विधेयकलाई प्राथमिकतामा राखेका थिए ।
उनले प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
त्यसपछि यो विधेयकलाई अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोकसेवा आयोगमा समेत सहमतिका लागि पठाइएको र सबै ठाउँबाट सहमति प्राप्त भएपछि संघीय संसद्मा लैजान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।
विधेयकलाई कानुनी रूप दिनका लागि संघीय संसद्मा पेस गरिने गृहमन्त्री लेखकले बताए ।























