मौसम खराब : विराटनगर, जनकपुर र राजविराजको उडान प्रभावित

Share this
605shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३, बिहीबार १२:३१

काठमाडौँ । खराब मौसमका कारण विहानैबाट विराटनगर, जनकपुर र राजविराजको उडान प्रभावित भएको छ ।

बिहानदेखि बन्द भएको राजविराजमा भर्खरै मात्र उडान सुरु भएको छ । जनकपुरमा पनि मौसम खुल्दै गएकोले उडानको तयारी गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । तर, विराटनगरको उडान भने बन्द नै छ ।

बाँकी रहेका एयरपोर्टहरू चन्द्रगढी, भरतपुर, भैरहवा, नेपालगञ्ज धनगढी र पोखरामा भने विहानदेखि नै उडान नियमित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.