परिसंघले बाड्यो विद्यार्थीलाई कपडा र खाद्यान्य

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ४, शुक्रबार १७:४२

विराटनगर । मोरङको रतुवामाईमा रहेको जनकल्याण छेतन आधारभूत विद्यालयका विद्यार्थीलाई नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले जाडोमा प्रयोग हुने न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।

शुक्रबार परिसंघले विद्यालयमा अध्यनरत विपन्न विद्यार्थीलाई कपडा र खाद्यान्न वितरण गरेको हो ।

परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा नेतृत्वको टोलीले विद्यालयमा पुगेर आर्थिक रुपले विपन्न तथा सिमान्तकृत समुदायको बालबालिकालाई कपडा तथा खानेकुरा उपलब्ध गराएको महासंघको महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा अध्यनरत १२२ जना विद्यार्थीलाई जाडोमा लगाउने ट्रयाक सुट, टोपी, मोजा, विस्कुट, जुस र सरसफाईका लागि साबुन सर्फसमेत वितरण गरिएकाे छ ।

न्यानो कपडा वितरण कार्यक्रममा रतुवामाई नगरपालिका प्रमुख नागेश्वरप्रसाद सिंह , उपप्रमुख दमयन्तादेवी चुडाल , परिसंघ कोशी उपाध्यक्ष गिरिजा सारडा, महिला उद्यम समिति संयोजक रचना राठी लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.