
काठमाडौं । नेपाल प्रहरीको एसपी (प्रहरी उपरीक्षक)बाट एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा भएका २५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
आईजीपी (प्रहरी महानिरीक्षक) वसन्तबहादुर कुँवरले बुधबार दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । बढुवा समितिको निर्णयका आधारमा एसपीहरु पुस २९ गते एसएसपी बढुवाको सिफारिसमा परेका थिए ।
बढुवा हुनेहरुमा रमेश थापा, अजय केसी, अनुपम शमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महतो, वेद विष्ट र शिवकुमार श्रेष्ठ छन् । त्यस्तै, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोष सिंह राठौर, सञ्जयसिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल बढुवामा परेका थिए ।


























