मोरङको लेटाङबाट हरिणको मासु काट्दै गरेका १ जना पक्राउ

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १३, आइतबार ०८:००

विराटनगर । मोरङको लेटाङ नगरपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट जंगली जनावर हरिणको मासु काट्दै गरेको अवस्थामा एक जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लेटाङ–९ का ४७ वर्षीय कुमार राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । हरियाली सामुदायिक वनस्थित जाँते–पथरी भित्री सडक खण्डभन्दा करिब ३ सय मिटर पूर्वमा मृत हरिण रहेको जानकारी प्रहरीलाई आएको थियो ।

अस्थायी प्रहरी चौकी जाँते र वन कार्यालयको संयुक्त टोलीले खोजी गर्ने क्रममा मासु काट्दै गरेको अवस्थामा मृत हरिणसहित राईलाई फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले को ११ प ६०५८ नम्बरको मोटरसाइकल, खुकुरी, मोबाइल तथा नगद ६ हजार ५ सय ६५ रूपैयाँ पनि बरामद गरेको छ ।

मृत हरिणसहित पक्राउ परेका राईलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वन कार्यालयको जिम्मा लगाएको छ । हरिणलाई बन्दुकले हानेर मारेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.