भुटानी शरणार्थी प्रकरणमा थप २ जनाविरुद्ध मुद्दा दर्ता

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार ११:२१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा थप २ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रहरीको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवकोटी र उनकी पत्नी मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवालविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर भएको हो । दुवै जनालाई प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो ।

आफूलाई परराष्ट्रमन्त्रीको स्वकीय सचिव दाबी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोप शिवकोटीमाथि लागेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पति–पत्नीविरुद्ध आइतबार मुद्दा दर्ता गरेको हो ।

उनीहरुविरुद्ध २०८० माघ १४ गते प्रहरीमा किटानी जाहेरी परेको थियो । तर, उनीहरु पक्राउ परेका थिएनन् । पति–पत्नीले २०७९ वैशाख ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर ७ लाख रुपैयाँ नगद आफूसँग बुझेर लगेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । त्यसको केही समयपछि १ साताभित्र काम हुने भन्दै ५ लाख बुझाएको अनुसन्धानबाट खुलेको छ ।

शिवकोटीले पछि आफ्नो इसेवा र पत्नीको खातासमेत पैसा पठाउन लगाएका थिए । विभिन्न समयमा उनीहरुले १५ लाख ७६ हजार रुपैयाँ लिएका थिए । सुरुमा १५ लाख ७६ हजार लाग्छ भनेका शिवकोटीले पछि अमेरिका जान ४५ लाख भनेर भनेको पीडितले बताएका छन् ।

थप पैसा ठिक्क पारेर बसेपछि शरणार्थी प्रकरणको मुद्दा चर्किएकाले चुपचाप बस्ने भनेको जाहेरीमा उल्लेख छ । पैसा फिर्ता माग्दा धम्कीसमेत दिएको पीडितले खुलाएका छन् । मुद्दामा प्रतिवादीको बयान र थुनछेक बहस आजै हुने सम्भावना छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७९ चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । ३ दिनपछि मोरङका सागर राई पनि पक्राउ परे ।

उनीहरुको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँण, उनका गृहसचिव टेकनारायण पाण्डे, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहितका व्यक्तिहरुलाई पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.