चितवनमा पनि रवि लामिछानेविरुद्ध मुद्दा दर्ताको तयारी

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार १६:११

चितवन । सहकारीको रकम अपचलनमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

साहारा चितवन सहकारीको रकम अपचलन मुद्दामा लामिछानेलाई प्रतिवादी बनाउन लागिएको हो । उक्त सहकारीमा भएको अनियमितताको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

प्रहरीले यसअघि नै मिसिल बुझाएको थियो । तर, अनुसन्धान नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन प्रहरीलाई नै फिर्ता गर्यो । प्रहरीबाट थप अनुसन्धान गरेर मिसिल प्राप्त भएको वकिल कार्यालयले जनाएको छ ।

सरकारी वकिल कार्यालयले मिसिल अध्ययन गरिरहेको छ । प्रहरीको मिसिलका आधारमा लामिछानेसहितलाई प्रतिवादी बनाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ ।

वकिल कार्यालयले कम्तीमा १ साताभित्रमा मुद्दा दर्ता गरिने जनाएको छ । मुद्दामा ३२ जनालाई प्रतिवादी बनाउने तयारी छ ।

सरकारी वकिलले अनुसन्धानको प्रतिवेदन फिर्ता गरेपछि प्रहरीले थप १ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन पुनः बुझाएको हो । मुद्दामा १ जना प्रतिवादी थप भएका हुन् ।

प्रहरीले सुरुमा माघ ४ गते अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, वकिल कार्यालयले थप अनुसन्धान गर्न निर्देशन दिँदै प्रहरीलाई नै फिर्ता पठायो । प्रहरीले सहारा बचतको टाँडी शाखामा खाता सञ्चालन गर्ने प्रगति श्रेष्ठलाई पनि प्रतिवादी बनाउन राय दिएको छ ।

पूरक अभियोगमा लामिछानेसहित १५ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय प्रहरीले दिएको छ ।
यसअघिको अभियोगमा १७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रहरीले बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ भराउनुपर्ने राय दिएको छ ।

अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९ सय २८ रुपैयाँ अपचलन भएको देखिएको छ । सहारा बचतबाट गोरखा मिडियामार्फत  १० करोड ८० लाख ९८ हजार १ सय ५१ रुपैयाँ अपचलन भएको प्रहरीको प्रतिवेदनमा खुलाइएको स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.