बेलबारीमा मृत भेटिए श्यामकुमार

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १३:४३

विराटनगर । मोरङको बेलबारीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

आज दिउँसो बेलबारी नगरपालिका– ५ कालिथान चोक नजिकै धैदती खोलामा जमेको पानीमा डुबेको अवस्थामा सोही स्थानका ६४ वर्षीय श्यामकुमार राई मृत फेला परेका हुन् ।

जमेको पानीमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगतै घटनास्थल पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.