
काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार राख्ने विषयमा तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले कोशी पहाडका सांसदहरुलाई छलफलका लागि बोलाएका छन् ।
गृहमन्त्री लेखकले ताप्लेजुङका सांसद योगेश भट्टराईसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने कोशी पहाडका विभिन्न दलका सांसदहरुलाई मंगलबार (आज) ५ बजे सिंहदरबारमा छलफलका लागि बोलाएका हुन् ।
ताप्लेजुङको पाथीभरा मन्दिर जानका लागि केबलकार राख्ने विषयमा विवाद चर्किएपछि मन्त्री लेखकले नेताहरूलाई छलफलका लागि बोलाए । आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारलाई लिएर तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् ।























