
विराटनगर । विराटनगर महानगरपालिका– ५ मा बालिकाको शव फेला परेको छ । एक घरको पछाडि बारीमा गाडेको अवस्थामा १४ वर्षीय चाँदनी यादवको शव फेला परेको हो ।
शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बारीमा शव गाडेको अवस्थामा फेला परेको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा रहेको विषयमा परिवारबाटै हत्या भएको आशंका छ ।

























