
झापा । झापामा कुटपिटबाट गम्भीर घाइते भएका १ जना पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कमल गाँउपालिका–७ का ४५ वर्षीय देबलाल चौधरीको मृत्यु भएको हो । सामान्य विवादमा स्थानीय ३७ वर्षीय पुण्यप्रसाद बास्तोलाले गत बिहीबार चौधरीलाई कुटपिट गरेका थिए ।
बास्तोलको लाट्ठी प्रहारबाट चौधरी गम्भीर घाइते भए । उनलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
घटनामा संलग्न बास्तोलालाई पक्राउ गरेर प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























