
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–७ बाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ का निखिल विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले उनलाई शनिबार लागुऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका विश्वकर्माको साथबाट ट्रमाडोल र स्पास्पेन गरेर २ सय ३९ क्याप्सुल बरामद भएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























